• २०८३ मङ्सिर ६ आइतबार

भिल्लारियलमाथि बार्सिलोनाको सनसनीपूर्ण पुनरागमन जित

भिल्लारियलमाथि बार्सिलोनाको सनसनीपूर्ण पुनरागमन जित

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार भएको रोमाञ्चक खेलमा बार्सिलोनाले भिल्लारियललाई ३–२ गोलले पराजित गरेको छ ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले सुरुवाती सात मिनेटमै दुई गोल खाएको थियो । भिल्लारियलका ताजोन बुकाननले पाँचौँ मिनेटमा र तानी ओलुवासेयीले सातौँ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमा लमिन यमालले पेनाल्टीमा गोल गर्न सकेनन् । त्यसपछि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको बार्सिलोनाका लागि जेरार्ड मार्टिनले ५७औँ मिनेटमा गोल गर्दै अन्तर घटाए ।

फर्मिन लोपेजले ६१औँ मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि ६७औँ मिनेटमा भिल्लारियलका पाउ नाभारोले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोनाले ३–२ को अग्रता बनायो । खेलको अन्तिम समयमा नाभारो दोस्रो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए ।

यस जितसँगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा आफ्नो पकड कायम राखेको छ । बार्सिलोनाको १३ खेलमा ३६ अंक भएको छ र शिर्ष स्थानमा कायम छ । त्यस्तै भिल्ला रियलको १३ खेलमा १५ अंक रहेको छ र लिगमा दशौँ स्थानमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै