• २०८१ बैशाख २४ सोमबार

आइफोन ह्याकको प्रयास, एप्पलले जारी गर्यो सुरक्षा अपडेट

kharibot

काठमाडौँ । एप्पलले आफ्ना उत्पादनहरुमा 'जिरो क्लिक' स्पाइवेयर देखिए पछि नयाँ अपडेट जारी गरेको छ ।

स्वतन्त्र अनुसन्धानकर्ताहरुले एप्पलका उत्पादन आइफोन र आइप्याडहरुमा ह्याकरहरुले आफ्नो पहुँच बनाउने प्रयास गरेको पत्ता लगाएका थिए । अनुसन्धानकर्ताले ह्याकरहरूले आइ म्यासेन्जरमार्फत ह्याक गर्ने प्रयास गरेको पत्ता लगाएका थिए । ह्याकरहरुले 'जिरो क्लिक' नाम गरेको स्पाइवेयर प्रयोगकर्ताले क्लिक नगरेपनि आइफोन र आइप्याडहरुमा आफ्नो पहुँच बनाउने प्रयास गरेका थिए ।

अनुसन्धानकर्ताहरुले एप्पलका सबै उत्पादनमा यस्तो समस्या देखिएको दाबि गरेका छन् ।

यो रिपोर्ट बाहिर आएपछि एप्पलले तुरुन्तै आफ्नो सुरक्षा अपडेट जारी गरेको जानकारी दिएको छ ।

यस समस्यालाई सबैभन्दा पहिला युनिभर्सिटी अफ टोरन्टो सिटिजन ल्याबले बाहिर ल्याएको थियो ।  सिटिजन ल्याबले यसको पछाडी इजरायलका ह्याकर भएको दाबि गरेको छ । इजरायलका ह्याकरलाई एनएसओ ग्रुपले साउदी एक्टिभिष्टको आइफोन ह्याक्स गर्न प्रयोग गरेको दाबि गरेको छ ।

एप्पलले भने यस समस्याको सुरक्षा अपडेट जारी गरिसकेको बताउदै अब त्यो समस्या समाधान भैसकेको बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै