• २०८१ बैशाख २३ आइतबार

अमेरिकाका मोस्ट वान्टेड हक्कानी बने अफगानिस्तानका गृहमन्त्री

kharibot

तस्बीर: एफबीआइ

काठमाडौँ । अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्वमा तालिबान नेता मुल्ला मोहम्मद हसन अखुन्द चयन गरिएको तालिबान समूहले घोषणा गरेको छ ।

उक्त समूहका मुख्य प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारको नेतृत्व नेता अखुन्दले गर्ने जानकारी मङ्गलबार पत्रकार सम्मेलनमार्फत् दिएको हो ।

अमेरिकी सेनाको नेतृत्वको गठबन्धन सेनाको बहिर्गमन प्रक्रिया सुरू भएसँगै अगस्ट १५ मा तालिबानले देशका प्राय सबै प्रान्तसहित राजधानी काबुल आफ्नो नियन्त्रणमा आएको जनाएको थियो ।

बाँकी एकदुई दिनमा अन्य मन्त्री र उच्च पदस्थ अधिकारीहरूको चयन भइसक्ने तालिबान नेताहरूले बताएका छन् । अफगानिस्तानमा आफ्नो युद्ध समाप्त भएको जनाएको २४ घण्टाभित्रै तालिबान समूहले अन्तरिम सरकारको नेतृत्व चयन गरेको हो ।

उक्त समूहले आफ्नो दलको उपनेतामा तालिबानका सहसंस्थापक अब्दुल गनी बरादरलाई चयन गरेको छ भने अमिर खान मुत्ताकीलाई अन्तरिम विदेश मन्त्रीमा चयन भएका छन् ।

त्यस्तै मुल्ला याकूब रक्षामन्त्री बनेका छन् भन्ने हक्कानी नेटवर्कका प्रमुख सिराज हक्कानी गृहमन्त्री बनेका छन् । 

अमेरिकाको मोस्ट वान्टेड सूचीमा रहेका बने मन्त्री 

हक्कानी नेटवर्कका प्रमुख सिराज हक्कानी अफगानिस्तानको नयाँ अन्तरिम गृहमन्त्री बनेका छन् । पछिल्ला २० बर्षको अमेरिकासँगको लडाईमा कैयौं घातक आत्मघाती हमलाको प्रमुख जिम्मेवार हक्कानी नेटवर्कको रहेको थियो । अब यसैका प्रमुख अफगानिस्तानको गृहमन्त्री बनेका छन् ।

२०१७ मा एक ट्रक बम हमलामा १५० जना भन्दा बढीको मृत्यु भएको घटनाको जिम्मेदार पनि हक्कानी नेटवर्क नै थियो । हक्कानी नेटवर्कको सम्बन्ध विगतमा अल कायदा र अहिले आइससँग पनि रहेको बताउने गरिन्छ ।

अमेरिकाले हक्कानी नेटवर्कलाई विदेशी आतंकवादी समुहमा सुचिकृत गरेको छ ।

अमेरिकी एफबीआइको फ्रोफाइलमा हक्कानीमाथि १० मिलियन डलरको पुरस्कार पनि राखेको छ । उनी अफगानिस्तान-पाकिस्तान सीमा क्षेत्रबाट सक्रिय रुपमा आफ्नो नेटवर्क चलाएको एफबिआइले उल्लेख गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै