• २०८१ बैशाख २३ आइतबार

रुपन्देहीको मर्चवारी गाउँपालिका उपाध्यक्षसहित सात जनाले रोजे लोसपा

kharibot

वुटवल । रूपन्देहीको मर्चवारी गाउँपालिकाका उपाध्यक्ष सुनिता कलवारले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेकी छन् । जनता समाजवादी पार्टी, नेपाल जसपा विभाजन भई महन्थ ठाकुरको नेतृत्वमा दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टीमा उपाध्यक्ष कलवारसहित सात जना जनप्रतिनिधि आइतबार जिल्ला निर्वाचन कार्यालय भैरहवा पुगेर लोसपा रोजेका हुन् । 

उपाध्यक्ष कलवारसंगै मर्चवारी गाउँपालिका–७ का वडाध्यक्ष मातिवर कोहार, जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य छोटे हरिजन, मर्चवारी गाउँकार्यपालिका सदस्य निसा हरिजन, सुनिता हरिजन, वडा सदस्य साधुसरन यादव, जगदीश चौधरीले पनि लोकतान्त्रिक समाजवादी पार्टी रोज्दै निर्वाचन कार्यालयमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

लोसपा राजेकी गाउँपालिका उपाध्यक्ष कलवारले भनिन्, ‘जहाँ जनता र जनप्रतिनिधिको सम्मान गरी विकास निर्माण कार्यमा अगाडी बढिन्छ, उतै समर्थन गरेकी छु ।’ उनी मर्चवारी गाउँपालिकाको उपाध्यक्षमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट निर्वाचित भएकी थिइन् ।

यस अघि मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियासहित सोही गाउँपालिकाका ४ जना जनप्रतिनिधिले लोसपामा रहने गरी बिहीबार सनाखत गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै