• २०८१ बैशाख २७ बिहीबार

गौरिका सिंहलाई कोरोना संक्रमण

kharibot

काठमाडौं । पौडी खेलाडी गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । गौरिकाले सामाजिक सञ्जालबाट आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।

कोरोना पोजेटिभ देखिएसँगै गौरिका अहिले १० दिनका लागि आइसोलेसन बसेको बताएकी छन् । उनले आफुले दुवै डोज खोप लगाए पनि संक्रमण भएको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्- 'मैले दुवै डोज खोप लगाएकी थिए र कुनै लक्षण थिएन । तर, पनि मलाई हालै कोरोना पुष्टि भएको छ । म अहिले सरकारले तोकेको मापदण्ड अनुसार मापदण्ड अनुसार १० दिनका लागि आइसोलेसनमा छु ।

गौरिकाले सबैलाई सतर्क रहन पनि अपिल गरेकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै