• २०८३ मङ्सिर ७ सोमबार

युरोपको बर्षको उत्कृष्ट खेलाडीको अन्तिम मनोनयन सार्बजनिक, को को परे ?

युरोपको बर्षको उत्कृष्ट खेलाडीको अन्तिम मनोनयन सार्बजनिक, को को परे ?

काठमाडौँ । युइएफएले युरोपको बर्षको उत्कृष्ट खेलाडीको अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।

युरोपको २०२० /२१ को उत्कृष्ट खेलाडीको मनोनयनमा पुरुषतर्फ अन्तिम तीन मनोनयनमा म्यानचेस्टर सिटी (बेल्जियम) का केभिन डी ब्रुने, चेल्सी (फ्रान्स) का एनगोलो कान्टे र चेल्सी (इटाली) का जोर्जिन्हो रहेका छन् ।

युइएफएले अगस्त २६ मा टर्कीको इस्तानबुलमा आयोजना हुने अवार्ड समारोहमा विजेताको घोषणा गर्ने जनाएको छ ।

युइएफएको बर्ष खेलाडीको चौथो नम्बरमा लियोनेल मेसी, पाँचौ नम्बरमा रोबेर्ट लेवानडोस्की, छैटौ नम्बरमा गियानलुइगी डोन्नारुम्मा, सातौ नम्बर किलियन एम्बाप्पे, आठौ नम्बरमा रहीम स्टरलिङ, नवौं नम्बरमा क्रिस्टियानो रोनाल्डो र दशौ नम्बरमा एर्लिंग हल्याण्ड रहेका छन् ।
युइएफएको २०१९/२० को बर्ष खेलाडीको अवार्ड रोबेर्ट लेवानडोस्कीले जितेका थिए ।

युइएफएले युरो कपमा खेलेका २४ देशका कोच, च्याम्पियन्स लिग खेलेका ३२ टिम र युरोपा लिग खेलेका ४८ टिमका गरि कुल ८० कोच, युरोपियन स्पोर्ट्स मिडियाले छनौट गरेका ५५ खेल पत्रकार र युइएफ़एका सदस्य देशहरुले मतदान गरेर विजेता छनौट गर्ने जनाएको छ ।

युइएफएले मनोनयन गरेका अन्य विधाका खेलाडीको सूची यस लिंकमा हेर्न सकिन्छ  


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै