• २०८१ बैशाख २५ मंगलबार

डिभिजन वन कार्यालय पर्सा : महिनौँदेखि प्रमुख बिहिन

kharibot

बिरगंज । बिगत आठ महिना देखि डिभिजन वन कार्यालय, पर्सामा प्रमुख नहुँदा वन सम्बन्धी मुद्दाको सुनवाइ हुँन सकेको छैन ।

डिभिजन वन कार्यालय, पर्सामा २०७७ पुस १ गते देखि प्रमुख छैन । निमित्त प्रमुखमा सहायक वन अधिकृत फरमान मियाँले कार्यालय सञ्चालन गर्दै आएका छन् ।

वन सम्बन्धी मुद्दाको फर्छ्योटका लागि कार्यालय प्रमुख आवश्यक हुँने र निजको अभावमा आठ महिना देखि वन सम्बन्धी मुद्दाको सुनवाइ हुँन नसकेको निमित्त प्रमुख मियाँले जानकारी दिएका छन् । डिभिजन वन कार्यालय, पर्सामा अवैध रूपमा वन पैदावार ओसार पोसार मुद्दा ४५ वटा, वन्यजन्तु सम्बन्धी मुद्दा दुई वटा गरी ४७ वटा मुद्दा छन् । यसमा आर्थिक वर्ष २०७६/७७ का १६ वटा मुद्दा र आव २०७७/७८ का ३१ वटा मुद्दा रहेको निमित्त प्रमुख मियाँले बताए ।

यसैबिच गत आव २०७७/७८ मा सालको काठ ५ सय ५६.१७ क्युफिट बरामद भएको बताए । यो अवधिमा ५७ वटा साइकल, एउटा टायर गाडा, चार वटा मोटरसाइकल, दुई वटा खुर्पा, दुई वटा गोरु, १२ बोरको बन्दुक एक थान, मोबाइल दुई थान, आरा तीन वटा, बन्चरो १० वटा, टर्चलाइट, डोरी एक/एक वटा, अचानो एउटा बरामद भएको उनले बताए ।

निमित्त प्रमुख मियाँले आ.व २०७६/७७ मा २१ जना पक्राउ परेको र १९ जना फरार रहेको बताए । यसैगरी आव २०७७/७८ मा ४४ जना पक्राउ परेका र ५३ जना फरार रहेको उनले जानकारी गराए । हालसम्म कार्यालयमा ४७ वटा मुद्दा रहेकोमा ४४ वटा मुद्दामा प्रतिवादी तारिखमा रहेकामा २१ जनाले तारिख तोडी बसेको, ७२ जना फरार रहेको उनले जानकारी गराएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै