• २०८१ बैशाख २३ आइतबार

कपिलवस्तुमा दुर्लभ रेडपाण्डाको छालासहित ३ पक्राउ

kharibot

बुटवल । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ सिद्धिपुरस्थित बराल  होटल रेष्टुरेन्ट एण्ड लजमा रेड पाण्डाको छाला सहित तीन जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

विशेष सूचनाको आधारमा लुम्विनी प्रदेश प्रहरी अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त टोली परिचालित भई  सो होटलमा झापाको विर्तामोड नगरपालिका- ५,  सनिश्चरे बस्ने २९ बर्षीय खगेन्द्र पुरी, ३२ बर्षीय आशिष जोगी र २६ बर्षीय सौरब राजवंशीलाई जिल्ला प्रहरी ले नियन्त्रणमा लिएको हो । 

खानतलासी गर्ने क्रममा सो होटलको कोठा नम्वर १०४ मा २ वटा रेड पाण्डाको छाला र रेड पाण्डाको पुच्छर १ वटा बरामद  गरी उक्त  बरामद रेड पाण्डाको छाला, पुच्छर र मानिसलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायब  उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै