काठमाडौं । लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक दुर्गेश थापालाई आजीवन सदस्य नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ । थापालाई प्रतिष्ठानअन्तर्गत गठित विकृति विसंगति न्यूनीकरण विभागले निष्काशन गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानले आजीवन सदस्यबाट निलम्बन गर्ने, सम्पूर्ण सेवा सुबिधाबाट बन्चित गर्ने, प्रतिष्ठानको कुनै कार्यक्रममा नबोलाउने, प्रतिष्ठानका कुनै पनि सदस्यले गायक थापासँग सहकार्य नगर्ने, मेला-महोत्सवमा नबोलाउने गरि प्रतिष्ठानका जिल्ला शाखा एवं आयोजकहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।
गायक थापाले गत साता सार्बजनिक गरेको 'ख्यास्स पुतली' शिर्षकको गीतको शब्द प्रति महासंघले यस अघि आपत्ति व्यक्त गर्दै गीतमा प्रयोग भएको 'ख्यास्स पुतली' शब्दलाई सच्याउन प्रतिष्ठानले विज्ञप्तिमार्फत आग्रह गरेको थियो ।
तर गायक थापाले भने अन्य कलाकारले पनि यस्ता शब्द प्रयोग गरिरहेकाले आफ्नो गीतबाट सो शब्द नहटाउने बताउदै आएका थिए ।









