• २०८१ बैशाख २६ बुधबार

कति छ रणबीर र आलियाको सम्पत्ति ?

kharibot

काठमाडौँ । बलिवुडको अहिलेको चर्चित जोडी रणबीर कपूर र आलिया भट्ट सधै चर्चामा हुने गर्दछन् । कुनै बेला उनीहरुले गरेको कामको कारण र कुनै बेला निजि कारणले मिडियामा आइरहने यो जोडी अहिले अफ्येर्समा रहेको छ ।

पछिल्ला केहि बर्षदेखि रिलेसनसिपमा रहेका रणबीर कपूर र आलियाले इन्गेजमेन्ट गरिसकेको अपुष्ट खबर पनि बाहिर आएको छ । अब्बल अभिनयका कारण एकपछि अर्को सफल फिल्ममा काम गरेका दुवै बलिवुडमा सफल कलाकारमा गनिन्छन् । दुवैले फिल्मबाट गरेको कमाइको पनि बेला बेलामा चर्चा हुने गर्दछ ।

रणबीर कपूरको कुरा गर्दा उनको अहिले लगभग ३२५ करोड भारतीय रुपैयाको सम्पत्ति रहेको बताइन्छ ।

रणबीरको मुम्बईमा एक शानदार घरका साथै भारतका अन्य शहरमा कैयौं प्रपर्टी रहेको बताइएको छ । बलिवुडको धनि परिवार मध्येको एक कपूर परिवारक रणबीरले आफ्नै क्षमताले यो सम्पत्ति कमाएका हुन् । त्यस्तै उनीसंगरेन्ज रोवर गाडी र मर्सिडिज बेन्ज गाडी रहेका छन् जसको मुल्य करिब साढे ३ करोड रहेको छ ।

रणबीरले फिल्मका अलावा विज्ञापनबाट पनि राम्रो कमाइ गरिरहेका छन् । रणबीरका आगामी दिनमा ब्रम्हास्त्र, एनिमल, शमशेरा र लव रंजन जस्ता फिल्म आउदै छन् ।

त्यस्तै उनकी प्रेमिका आलिया भट्ट पनि राम्रो कमाई गर्ने अभिनेत्रीमा पर्दछिन । आलियाको अहिले कुल सम्पत्ति १६५ करोड भारतीय रुपैया रहेको बताइएको छ । उनीसँग मुम्बईको बान्द्रामा आफ्नो निजी घर रहेको छ, जसको मुल्य ३२ करोड रहेको बताइन्छ ।

यसका अलावा उनको आफ्नो निजी भेनिटी भ्यान छ भने लन्डनमा समेत उनको एक घर रहेको छ ।

फिल्मका अलावा आलियाले विज्ञापनबाट पनि राम्रो पैसा कमाउदै आएकी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै