• २०८१ बैशाख १६ आइतबार

शाहरुख र काजोलको जोडी फेरी सँगै आउदै

kharibot

काठमाडौँ । बलिवुडको आइकोनिक जोडी मानिएको शाहरुख खान र काजोलको जोडी फेरी एक पटक फिल्मी पर्दामा आउने भएको छ ।

शाहरुख र काजोल बलिवुडका अन्त्यन्तै सफल निर्माता निर्देशक राजकुमार हिरानीको नयाँ फिल्ममा सँगै आउन लागेका हुन् ।

राजकुमार हिरानीले बनाउन लागेको नयाँ फिल्ममा शाहरुख खान प्रमुख भूमिकामा हुने छन् भने काजोलले उनकी पत्नीको भूमिका निभाउने फ्री प्रेस जर्नलले उल्लेख गरेको छ ।

इमिग्रेसनको विषयमा बन्न लागेको यो फिल्म कमेडी र सोसल ड्रामा हुने बताइएको छ । यस फिल्ममा भारतको पंजावदेखि क्यानडासम्मको एक व्यक्तिको यात्रालाई प्रमुख विषय बनाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यस फिल्ममा शाहरुख र काजोलका अलावा तापसी पन्नु र विद्या वालन पनि हुने बताइएको छ ।

फिल्मको शुटिंग आउदो अप्रिलबाट हुने तयारी गरिएको छ भने फिल्मलाई राजकुमार हिरानी र शाहरुख खान दुवै मिलेर निर्माण गर्दै छन् । फिल्मको संगीत शान्तनु मोइत्राले बनिरहेको बताइएको छ ।

शाहरुख र काजोलको जोडीले बलिवुडमा कुछ कुछ होता है, दिलवाले दुल्हनिया ले जाएंगे, माइनेम इज खान, दिलवाले जस्ता फिल्ममा अभिनय गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै