• २०८३ मङ्सिर ७ सोमबार

राष्ट्रपति भण्डारीद्वारा लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ प्रदेश प्रमुख नियुक्त

राष्ट्रपति भण्डारीद्वारा लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ प्रदेश प्रमुख नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी र गण्डकी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । 

मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति भण्डारीले लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीमान गुरुङलाई नियुक्त गरेकी हुन् । 

राष्ट्रपतिको कार्यालयले राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा १६३ को उपधारा २ बमोजिम शेरचन र गुरुङलाई प्रदेश प्रमुखमा नियुक्त गरेको जानकारी दिएको छ । 

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा आजै लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पदमुक्त गरेकी थिइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै