जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका छन् । मधेश प्रदेशसभाबाट राजीनामा घोषणा गरेका मुख्यमन्त्री यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई राजीनामा बुझाएका हुन् ।
यसअघि मुख्यमन्त्री यादवले प्रदेश सभाको बैठकमा विश्वासको मत लिनुअघि राजीनमाको घोषणा गरेका थिए । यादवलाई २४ घण्टाभित्र विश्वासको मत दिन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि आज विश्वासको मत लिनुअघि राजीनामा दिएका हुन् ।
अब सर्वोच्चको आदेश अनुसार संविधानको धारा १६८ उपधारा २ बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ ।









