• २०८३ भदौ ३० मंगलबार

टोकियो ओलम्पिकमा आज: २२ स्वर्ण पदकका लागि कुन कुन खेल हुदैछन् ?

टोकियो ओलम्पिकमा आज: २२ स्वर्ण पदकका लागि कुन कुन खेल हुदैछन् ?

काठमाडौँ । टोकियो ओलम्पिकमा आज चौथो दिन २२ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुदै छ ।  

अहिलेसम्म अहिलो दिन ११, दोस्रो दिन १८ र तेस्रो दिन २१ स्वर्ण पदकको छिनोफानो भइसकेको छ ।  अहिलेसम्म ५० स्वर्ण पदकको टुंगो लागि सकेको छ । आयोजक जापान ८ स्वर्ण पदकसहित शिर्ष स्थानमा रहेको छ ।

मंगलबार ओलम्पिकमा आर्टिस्टिक जिम्न्यास्टिक (महिला), कानोए स्लालोम (महिला के १), साइकिलिंग (महिला क्रस कन्ट्री माउन्टेन बाइक), डाइभिंग ( महिला १०मी) इक्वेस्टरैन (ड्रेसज टिम), फेंसिंग (महिला टीम एपी ), जुडो (महिला ६३ केजी, पुरुष ८१ केजी), शुटिंग (१० मी एयर राइफल मिक्स टिम, १० मी एयर पेस्तोल मिक्स टिम), सफ्टबल, सर्फिंग (पुरुष र महिला), पौडी ( पुरुष २०० मी फ्री, महिला १०० मी ब्याक, पुरुष १०० मी ब्याक, महिला १०० मी ब्रेस्ट) , तेक्वान्दो (महिला ६७+ केजी, पुरुष ८०+ केजी), ट्रियाथलोन (महिला) र वेटलिफ्टिंग (महिला ५९ केजी, महिला ६४ केजी) रहेका छन् ।            

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै