• २०८१ बैशाख २२ शनिबार

बार्सिलोना र नेइमारको विवाद मिल्यो !

kharibot

काठमाडौँ । बार्सिलोनाले आफ्ना पूर्व खेलाडी नेइमारसँगको विवाद मिलाएको छ ।

नेइमारले बार्सिलोना छोडेपछि सम्झौता अनुसारको बोनस र अन्य विषयमा विवाद भएपछि नेइमारले कानुनी बाटो रोजेका थिए ।

बार्सिलोनाले नेइमारसँग भएको विवाद सौहार्दपूर्ण रुपमा अदालत बाहिर मिलाएको जानकारी दिएको छ ।

नेइमारले २०१३ मा बार्सिलोना गएका नेइमारले २०१६ मा पाँच बर्षका लागि सम्झौता नवीकरण गरेका थिए । जसमा बार्सिलोनाले नवीकरण वापत ६४.४ मिलियन युरो दिने सम्झौता गरेको थियो । बार्सिलोना र नेइमारबीच यहि रकममा मुख्य विवाद भएको थियो । बार्सिलोनाले नेइमारलाई यस रकम मध्ये पिएसजी जानु अघि केबल २०.७५ मिलियन युरो मात्र भुक्तानी गरेको थियो ।

बाँकी रकम सम्झौता तोडिएकाले नदिने भने पछि नेइमार बार्सिलोनाविरुद्ध अदालत गएका थिए ।

बार्सिलोना र नेइमारबीच कानुनी लडाई जारी रहेपनि यस बिचमा नेइमारलाई भित्र्याउने प्रयास गरेको बार्सिलोना सफल भने हुन सकेको छैन । अहिले भने बार्सिलोनाको आर्थिक अवस्था नराम्रो भएकोले अब नेइमारलाई भित्र्याउने सम्भावना तत्कालका लागि भने देखिदैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै