काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो एडिट गरि भिडियो बनाएर टिकटकमा पोष्ट गर्ने झापाका सोमप्रसाद घिमिरेलाई पक्राउ गरेको छ ।
ब्यूरोका वरिष्ठ उपरीक्षक नविन्द अर्यालका अनुसार झापाको मेचीनगर नगरपालिका-६ बस्ने पाण्डेलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार पक्राउ गरि जिल्ला अदालत काठमाडौँको अनुमतिमा अनुसन्धान गर्न ७ दिनका लागि हिरासतमा राखिएको छ ।