• २०८३ असोज ११ आइतबार

भारतको चर्चित मिडिया भास्कर ग्रुपमा छापामारी, विरोधमा संसदमा विपक्षीको हंगामा

भारतको चर्चित मिडिया भास्कर ग्रुपमा छापामारी, विरोधमा संसदमा विपक्षीको हंगामा

फाइल तस्बीर

काठमाडौँ । भारतको चर्चित मिडिया ग्रुपमा भास्कर ग्रुपमा सरकारको आयकर बिभागले छापा मारेको विषयले भारतीय संसदका दुवै सदन अवरुद्ध भएका छन् ।

आयकर बिभागले भास्कर ग्रुपको जयपुरस्थित कार्यालयमा छापा मारेको थियो । त्यस्तै आयकर बिभागले भारत समाचार न्यूज च्यानलमा पनि छापा मारेको बताइएको छ ।

भास्कर समुहसहित अन्य मिडिया सरकारको विरोधमा उत्रिएकोमा छापामारिएको आरोप लगाउदै विपक्षी नेताहरुले संसदमा नाराबाजी गरेका छन् ।

दैनिक भास्कर भारतको चर्चित हिन्दी भाषाको पत्रिका हो । भास्करले कोरोना महामारीका बारेमा कैयौं खोजमुलक समाचार प्रकाशित गरेपछि सरकार अप्ठ्यारोमा परेको थियो । गंगा नदीमा कोरोनाबाट मरेकाको लास फालिएको र सरकारले जारी गरेका कोरोनाबाट मृत्यु हुनेको संख्यामा प्रश्न उठाउदै खोजमुलक समाचार प्रकाशित गरेको थियो ।

विपक्षीहरुले भास्कर ग्रुपको छापामारी, किसान आन्दोलन, पेगासस प्रकरणका बारेमा नाराबाजी संसद अवरुद्ध गरेका थिए ।

विपक्षीहरुको नाराबाजीपछि तल्लो सदन लोकसभा आजमात्र तीन पटक स्थगित भएर अहिले ४ बजे बस्दै छ भने राज्यसभा शुक्रबारसम्मका लागि स्थगित भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै