• २०८१ बैशाख २१ शुक्रबार

फिल्म निर्देशनमा फर्किए करण जोहर

kharibot

काठमाडौँ । बलिवुडका चर्चित निर्माता निर्देशक करण जोहर फिल्म निर्देशनमा फर्किएका छन् । २०१६ मा ए दिल है मुश्किल' पछि फिल्म निर्देशन नगरेका जोहरले आफु आफ्नो मनपर्ने क्षेत्र निर्देशनमा फर्किएको घोषणा गर्दै फिल्मको पनि घोषणा गरेका छन् ।

जोहरले रणबीर सिंह र आलिया भट्टलाई लिएर लभ स्टोरी फिल्म निर्देशन गर्ने घोषणा गरेका छन् । फिल्मको नाम रकी र रानी की प्रेम कहानी; रहेको छ ।

फिल्मलाई २०२२ मा रिलिज गरिने बताइएको छ । उनले भनेका छन्- 'आफ्ना मनपर्ने मानिसहरुलाई सामुन्ने राखेर क्यामराको पछाडी काम गर्न लागेकोमा निकै उत्साहित छु ।'

करण जोहर बलिवुडमा ब्लकबस्टर फिल्म बनाउने निर्माता त हुन् नै उनी ब्लकबस्टर फिल्म निर्देशन गर्ने निर्देशकको रुपमा पनि चिनिन्छन् । उनले १९९८ मा सुपरहित फिल्म कुछ कुछ होता है' बाट फिल्म निर्देशनमा डेभ्यु गरेका थिए । सो फिल्म उनले नै लेखेका थिए ।

त्यसपछि उनले कभी खुशी कभी गम, कभी अल बिदा ना कहना, माइ नेम इज खान, स्टुडेन्ट अफ द इयर जस्ता फिल्मको निर्देशन गरेका थिए । सबै फिल्म बक्स अफिसमा सुपर हिट भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै