• २०८३ मङ्सिर ८ मंगलबार

किलियन एम्बाप्पेका भाई इथानको पिएसजीमा तीन बर्षको सम्झौता

किलियन एम्बाप्पेका भाई इथानको पिएसजीमा तीन बर्षको सम्झौता

काठमाडौँ । फ्रान्सका फुटबल सुपरस्टार किलियन एम्बाप्पेका भाई इथान एम्बाप्पेले पिएसजीको युवा टिममा तीन बर्षको समझौता गरेका छन् ।

पिएसजीले थप तीन सिजनका लागि इथानसँग सम्झौता गरेको जानकारी दिएको छ ।

१५ बर्षिय इथान हाल पिएसजीको युथ सिस्टम अन्तर्गत जुनियर तहमा फुटबल खेलिरहेका छन् ।

पिएसजीले युवा एम्बाप्पेसहित अर्का खेलाडी सेनी मायुलुलाई पनि साइन गरेको जानकारी दिएको छ ।

भाईले पिएसजीमा तीन बर्षको सम्झौता गरेपछि अब सिनियर एम्बाप्पेले पिएसजीमा आफ्नो सम्झौता नवीकरण गर्छन या गर्दैनन् भन्ने चासो बढेको छ । एम्बाप्पेको पिएसजीमा थप एक बर्ष सम्झौता अवधि बाँकी रहेको छ । एम्बाप्पेको पटक पटक रियल म्याड्रिड जाने हल्ला भइरहेपनि अहिले सम्म यस बारेमा स्पष्ट भएको छैन ।

केहि समय अघि एम्बाप्पेले के पिएसजी आफ्नो लागि सहि क्लब हो ? भन्दै सार्बजनिक रुपमा नै प्रश्न गरेका थिए । उनले फ्रेन्च फुटबल वेभसाइटसँग कुरागर्दै भनेका थिए- म अहिले जहाँ छु त्यो मैले चाहेर छु । जो मलाई अत्यन्त मनपर्छ । तर के यो मेरो लागि बेस्ट ठाउ हो ?'

यस प्रश्न पछि उनले क्लब छोड्ने अड्कल गरिएको छ तर यस बारेमा स्पष्ट भने भएको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै