• २०८१ बैशाख १८ मंगलबार

प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागको वार्षिक कार्ययोजना सार्वजनिक

kharibot

फाइल तस्वीर

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले आव २०७८/७९ सम्पादन गरिने वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ ।

प्रमुख प्राज्ञ अशोककुमार राईले आफूले नेतृत्व गरेको सङ्गीत विभागबाट चार कार्यक्रम सम्पन्न गर्ने लक्ष्य लिइएको बताए । उनका अनुसार यस वर्ष चार प्रदेशका आठ स्थानमा नेपाली मौलिक वाद्यवादन सम्बन्धी प्रशिक्षण सञ्चालन गरिनेछ । प्रशिक्षार्थीलाई पूर्वीय तथा पाश्चात्य सङ्गीतको सैद्धान्तिक ज्ञान दिनाका साथै सम्बन्धित बाजाको ऐतिहासिक पृष्ठभूमि, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा समेत ज्ञान प्रदान गरिने छ ।

राईले यस वर्ष सनाई, सारङ्गी, मुर्चुङ्गा, बिनायो, पियुङ, टुङ्ना, डम्फु, धिमे, च्याब्रुङ, राई ढोल, धिमाल ढोल, मादल, बाँसुरी र ढोलक वाद्यवादनसम्बन्धी प्रशिक्षण चलाइने बताए । गण्डकी प्रदेशमा रहेका गन्धर्व समुदायको धार्मिक तथा विभिन्न संस्कार–संस्कृतिमा बजाइने धुनको सङ्कलन तथा रेकर्डिङ गरी अभिलेख राखिनेछ । सोको पृष्ठभूमिसहित वृत्तचित्र समेत बनाइने छ । 

लुम्बिनी प्रदेशमा रहेका मौलिक लोकबाजाका इतिहास, परम्परा र सम्बन्धित जाति तथा समुदायका धार्मिक तथा सांस्कृतिक पक्षको चित्रण गरिनेछ । यसैगरी लिम्बू जातिमा प्रचलित एकराते तङ्सिङ र राई समुदायको मृत्युु संस्कारसँग सम्बन्धित मुन्धुमी सङ्गीतको अभिलेखीकरण गरिनेछ । 

प्रशिक्षणले लोकसङ्गीत, लोकधुन तथा लोकबाजाको अध्ययन, अनुसन्धान, सङ्कलन तथा प्रशिक्षणले सम्बन्धित विधा तथा क्षेत्रको संरक्षण, संवद्र्धन र व्यावसायिकीकरण गर्नमा सहयोग पुग्ने विश्वास लिइएको छ । “चालु आवमा नेपाली मौलिक लोकबाजा सम्बन्धी पाठ्यसामग्री तयारीको काम अन्तिम चरणमा पुगिसकेको छ”, उनले भने, “पाठ्यपुस्तकका आधारमा वाद्यवादन प्रशिक्षण योजनालाई अगाडि बढाउनेछौँ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै