• २०८३ मङ्सिर ८ मंगलबार

ऐतिहासिक भेटवार्तापछि बाइडेन र पुटिनले के के भने ?

ऐतिहासिक भेटवार्तापछि बाइडेन र पुटिनले के के भने ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच स्वीट्जरल्यान्डको राजधानी जेनेभामा पहिलो प्रत्यक्ष भेटवार्ता सकारात्मक रुपमा सकिएको विश्लेषण गरिएको छ । 

अमेरिका–रुस सम्बन्ध निकै तल्लो स्तरमा पुगेकै समयमा यो बहुप्रतिक्षित भेटवार्ता भएको हो । 

भेटवार्तापछि राष्ट्रपति पुटिनले मिडियासँग कुरा गर्दै भेटवार्ता रचनात्मक भएको प्रतिक्रिया दिएका छन् । पुटिनले पत्रकारहरुको प्रश्नको जवाफ दिदै दुवै देशबीच शत्रुता भएको आफुलाई नलागेको बताए । 

म अमेरिकाको लागि हो, रसियाको विरुद्ध होइन- बाइडेन 

त्यस्तै बाइडेनले पत्रकार सम्मेलन गर्दै आफु जुन कामका लागि पुटिनसँग भेट गर्न आएको थिए सो काम पुरा भएको बताएका छन् ।

राष्ट्रपति बाइडेनले आफुले आफ्ना एजेन्डा पुटिनसँग प्रष्ट रुपमा राखेको बताउदै आफु अमेरिकाको लागि भएको तर रसिया या कुनै व्यक्तिको विरुद्धमा नभएको प्रष्ट परेका छन् ।

रुसी विपक्षी नेता नाभाल्नीको विषयमा बाइडेनले मानव अधिकारको कुरा आउदा अमेरिकाले जहिले जँहा पनि बोल्ने बताएका छन् । उनले नाभाल्नीको मृत्यु भएमा परिस्थिति विनाशकारी हुने चेतावनी पनि दिएका छन् । 

त्यस्तै बाइडेनले पुटिनको अमेरिकी संसदमा भएको हमला बारेको टिप्पणी हास्यास्पद भएको टिप्पणी गरेका छन् ।      

बाइडेन अनुभवी राजनेता- पुटिन

पुटिनले अमेरिका र रुसले निष्कासित गरेका राजदुतलाई फेरी फिर्ता बोलाउन सहमत भएको जानकारी दिएका छन् । साथै पुटिनले रुसको कथित साइबर हमलाको बारेमा विस्तृत जानकारी अमेरिकालाई दिएको भएपनि अमेरिकाले यसमा कुनै जवाफ नदिएको बताए । 

त्यस्तै भेटवार्तामा बाइडेन र पुटिन साइबर सुरक्षामा मिलेर काम गर्न सहमति भएका छन् । पुटिनले बाइडेनको प्रसंशा गर्दै उनी ट्रम्पभन्दा अलग राष्ट्रपति भएको बताउदै भने, ' मेरो बाइडेनसँग दुई घण्टा लामो कुराकानी भयो । जुन कैयौं राजनेताहरुसँग गर्न सकिदैन ।' पुटिनले बाइडेनलाई अनुभवी राजनेता भएको बताएका छन् । 

उनले पत्रकार सम्मेलनमा रुसी विपक्षी नेता एलेक्सी नभाल्नी जानी जानी गिरफ्तार भएको बताउदै उनको बारेमा सहि कुरा मिडियामा नआएको बताए । करिब एक घण्टासम्म पुटिनले गरेको पत्रकार सम्मेलनमा पत्रकारले सोधेका सबै प्रश्नको जवाफ दिएका थिए । 

यसअघि बाइडेन र पुटिनबीच तीन चरणमा भएको वार्ता पहिलो ९३ मिनेट, दोस्रो ४५ मिनेट र अन्तिम चरणमा ६५ मिनेट वार्ता भएको थियो ।

रुसी राष्ट्रपति र उनको टोली बाइडेनसँगको शिखर वार्ताका लागि जेनेभास्थित सम्मेलनस्थल भिल्ला ला ग्रान्जेमा आइपुगेका थिए भने त्यसलगत्तै बाइडेन र उनको टोली सम्मेलन स्थलमा पुगेको थियो । स्वीट्जरल्यान्डका राष्ट्रपति गाए पार्मिलिनले दुबै नेतालाई स्वागत गरेका थिए ।

बाइडेन र पुटिनबीच संक्षिप्त भेटघाट पछि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेश मन्त्री सर्गेई लाभरोभ पनि सहभागी भएका थिए । त्यसपछि दुई पक्षीय भेटवार्तामा दुबै पक्षका वरिष्ट अधिकारीहरु संलग्न भएको वार्ता भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै