काठमाडौँ । भारतमा कोरोनाको दोस्रो लहरमा ७३० डाक्टरले ज्यान गुमाएका छन् ।
भारतीय मेडिकल एसोसियसनले दोस्रो लहरमा ७३० डाक्टरको मृत्यु भएको बताएको हो ।
एसोसियसनले सबैभन्दा बढी डाक्टरको मृत्यु विहार राज्यमा भएको जनाएको छ । विहारमा ११५ डाक्टरको मृत्यु भएको छ भने दिल्लीमा १०९ डाक्टरको मृत्यु भएको जनाएको छ ।
त्यस्तै उत्तर प्रदेशमा ७९, पश्चिम बङ्गालमा ६२, राजस्थानमा ४३, झारखण्डमा ३९ र आन्ध्रप्रदेशमा ३८ डाक्टरको मृत्यु भएको एसोसियसनले जानकारी दिएको छ ।
भारतमा कोरोनाको दोस्रो लहरको महामारी अहिले केहि घटेपनि दैनिक मृत्युको संख्या भने घटेको छैन । भारतमा अहिलेसम्म कोरोनाबाट ३ लाख ७९ हजार ५७३ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ९६ लाख ३३ हजार १०५ पुगेको छ ।









