काठमाडौँ । फ्रेन्च ओपनको पुरुष सिंगलको उपाधि नोभाक जोकोभिचले जितेका छन् ।
गएराती सम्पन्न फाइनल खेलमा शानदार कमब्याक गर्दै जोकोभिचले ग्रीसका स्टेफेनोज सितासिपासलाई पराजित गर्दै आफ्नो १९औं ग्राण्ड स्लाम जितेका हुन् ।
जोकोभिचले सितासिपासलाई ६-७(६-८), २-६, ६-३, ६-२ र ६-४ को सेटमा पराजित गरेका हुन् । शुरुका दुई सेटमा हारे बेहोरेका जोकोभिचले अन्तिमका तिन सेटमा जित हासिल गर्दै आफ्नो क्यारियरको १९औं ग्राण्ड स्लाम जिते ।
यो जितसँगै जोकोभिचले चार ग्राण्ड स्लाम दुई दुई पटक जित्ने पहिलो खेलाडी बनेका छन् । उनले यस अघि २०१६ मा फ्रेन्च ओपन जितेका थिए ।
अब जोकोभिचले आफ्ना प्रतिद्वन्दी राफेल नाडाल र रोजर फेडररको २० ग्राण्ड स्लामको रेकर्ड बनाउन एक उपाधिबाट टाढा रहेका छन् । अर्को महिना हुने विम्बल्डन जितेर उनले सो रेकर्डको बराबरी गर्न सक्ने अवसर रहेको छ ।









