• २०८३ मङ्सिर ८ मंगलबार

आइपिएलका बाँकी खेल युएईमा गर्ने तयारी 

आइपिएलका बाँकी खेल युएईमा गर्ने तयारी 

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) यस सिजनका बाँकी खेल युएईमा हुने तयारी भएको छ ।

भारतीय मिडियाहरुका अनुसार मे ४ मा स्थगित भएको आइपिएलमा ३१ खेल्न बाँकी रहेका ३१ खेल युएईमा हुने टुंगो लागेको छ ।

भारतको इङल्याण्ड सिरिज १४ सेप्टेम्बरमा सकिने भएकाले  त्यसपछि हुने विश्वकप टी-२० विचमा एक महिनाको समय बाँकी हुने र सोहि समयमा आइपिएलका बाँकी खेल खेलाउने तयारी गरिएको बताइएको छ ।

तीन सातामा १० दिनमा हरेक दिन दुई खेल खेलाएर २० खेल खेलाउने र बाँकी दुई सातामा बाँकी खेल खेलाउने गरि  तयारी भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

१४औ सिजनको आइपिएलका अहिलेसम्म २९ खेल खेलिएका छन् भने भारतमा कोरोना संक्रमण तिब्रगतिमा बढेपछि मे ४ मा स्थगित भएको थियो ।

आइपिएलको यस सिजनमा अहिलेसम्म दिल्ली क्यापिटल्स पहिलो स्थानमा छ भने चेन्नई सुपर किंग्स दोस्रो र रोयल च्यालेन्जर्स बैंगलोर तेस्रो स्थानमा रहेको छ ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै