• २०८१ बैशाख २१ शुक्रबार

महामारीको बेला राजनीतिक अस्थिरताप्रति राजेश हमालको असन्तुष्टि (भिडियोसहित)

kharibot

काठमाडौँ । अभिनेता राजेश हमालले कोरोना महामारीको बेला देशमा राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै अभिनेता हमालले विश्वमा अहिले नेपालमा फैलिएको महामारीको विषयमा कसरी सहयोग गर्न सकिन्छ भनेर छलफल भएको बेला नेपालमा राजनीतिक  नेतृत्वले प्राथमिकता नबुझेको बताएका हुन् । 

सन्देशमा हमालले सरकारले आफ्नो प्राथमिकता बुझेर गम्भीर हुनुपर्ने बताएका छन् ।

उनले भनेका छन्- 'विश्वले यस्तो किसिमको गम्भीरता देखाएको बेलामा यदि हामीले लापर्बाही देखायौं । राजनीतिक किचलो, राजनैतिक मुद्दाहरु सुल्झाउनमा हाम्रो ध्यान छ भन्ने किसिमको सन्देश विश्वमा सम्प्रेषण गर्‍यौं भने विश्वले उठाइरहेको पहल कदममा ह्रास आउन सक्छ । हाम्रो प्राथमिकतामा हामी ध्यान दिऔं । नेपाल अहिले विषम् परिस्थितिबाट गुज्रिरहेको छ ।'

हमालको भिडियो सन्देश :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै