• २०८३ मङ्सिर ८ मंगलबार

पिएसजीलाई पछि पार्दै लिलेले जित्यो लिग वानको उपाधि

पिएसजीलाई पछि पार्दै लिलेले जित्यो लिग वानको उपाधि

काठमाडौँ । फ्रेन्च लिग वानको उपाधि लिलेले जितेको छ । गएराती सम्पन लिगको अन्तिम खेलमा एन्जर्सलाई २-१ गोल अन्तरले पराजित गर्दै लिलेले लिग वानको उपाधि जितेको हो ।

चौथो पटक लिग वानको उपाधि जितेको लिलेले लगातार तीन सिजन उपाधि जितेको पिएसजीको विजयक्रमलाई रोकेको छ ।

लिलेले १० बर्षपछि लिग वानको उपाधि जितेको छ । यस अघि २०१०-११ सिजन जितेको थियो ।

पिएसजीले पछिल्ला ९ सिजनमा ७ सिजन जितेको थियो । पिएसजीले आफ्नो अन्तिम खेल जितेपनि उपाधि जित्न एक अंकले पछाडी परेको छ । उपाधि विजेता लिलेको लिगमा ३८ खेलमा ८३ अंक रहेको छ भने पिएसजीको ८२ अंक रहेको छ ।

त्यस्तै लिग वानबाट लिले र पिएसजीसहित मोनाको च्याम्पियन्स लिगमा छनौट भएका छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै