• २०८१ बैशाख २१ शुक्रबार

विश्वप्रकाशको राष्ट्रपतिलाई प्रश्न- अलमलको गोलमालमा संस्थाको गरिमा अझै कति ओह्रालो लगाउनु हुन्छ ?

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको गतिबिधिले लाज स्वयं लजाएको टिप्पणी गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै प्रवक्ता शर्माले बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले बहुमत छ भने फेरी दाबी गर्दा दुनियाँ हासेको टिप्पणी गरेका छन् ।

प्रवक्ता शर्माले राष्ट्रपतिप्रति पनि टिप्पणी गर्दै सतिसालको शिरमा हुनुपर्ने राष्ट्रपतिप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो भन्दै अलमलको गोलमालमा संस्थाको गरिमा ओह्रालो अझै कति लगाउनु हुन्छ ? भन्दै प्रश्न गरेका छन्  ।

उनले भनेका छन्-  

बहुमत छैन' भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले `बहुमत छ भनेर फेरि दाबि गर्दा दुनियाँ हांसेको छ ! लाज स्वयं लजाएको छ !

राष्ट्रपति महोदय ! सतिसालको शिरमा हुनुपर्ने यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो ! अलमलको गोलमालमा संस्थाको गरिमा ओह्रालो अझै कति लगाउनु हुन्छ ?

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै