• २०८१ बैशाख २४ सोमबार

पार्टी एकताको वातावारण धुमिल भयो- ईश्वर पोखरेल

kharibot

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र एकताको वातावरण धुमिल भएको बताएका छन् ।

राष्ट्रिय सभाको विहिबार सम्पन्न उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा पराजित भएपछि सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

उनले राष्ट्रिय सभाका लागि भएको उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निष्कृष्ट र अक्षम्य रहेको भन्दै यस खाले अराजक कृत्यले एमाले भित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको बताएका छन् ।

उनले भनेका छन् -

राष्ट्रिय सभाका लागि आज भएको उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निष्कृष्ट र अक्षम्य छन्  । यस खाले अराजक कृत्यले नेकपा (एमाले) भित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको छ । पार्टी विरूद्धमा आज  गरिएका यी अपराधपूर्ण कामले पार्टी विधान, पद्दति, प्रक्रिया, नीति, निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो पनि उदांगो भएको छ ।

आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेश सभामा फ्लोर क्रस गर्ने, लुम्विनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने , ‘सूर्य’ चिन्ह बाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरुको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने  जस्ता निर्लज्ज  र अपराधपूर्ण कामहरू  कम्युनिष्ट आन्दोलन र संसदीय/ लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय हुन् । 

यद्यपि आजको निर्वाचनले एमाले विरोधी महागठबन्धनका बाबजुद नेकपा (एमाले) एक्लै चुनौतीको सामना गर्न सक्षम छ भन्ने  कुरा आज स्पष्ट भएको छ । विषम अबस्थामा पार्टी विभाजनका विरूद्ध दृढतापूर्वक उभिदै पार्टी र आन्दोलनको रक्षामा जुट्न आवश्यक छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै