• २०८३ मङ्सिर ८ मंगलबार

विश्वको ९० प्रतिसत प्लाष्टिक प्रदुषण फैलाउन सय कम्पनि जिम्मेदार !

विश्वको ९० प्रतिसत प्लाष्टिक प्रदुषण फैलाउन सय कम्पनि जिम्मेदार !

काठमाडौँ । सिंगल युज प्लाष्टिक पर्यावरणमा प्रदुषण फैलाउन ठुलो कारण मानिन्छ । विश्वभर दैनिक उपभोगका धेरैजसो चिजहरु प्लाष्टिक प्याकेटमा आउने गर्दछ । एक पटक प्रयोग गर्नासाथ जसलाई फालिन्छ । सिंगल यूज प्लाष्टिकले पर्यावरणलाई निकै ठुलो असर गर्ने गर्दछ । विश्वामै कैयौं प्रयासका बाबजुत यसको प्रयोग कम गर्न सकिएको छैन ।

हालै लण्डन स्कूल अफ इकोनोमिक्सको वातावारण इन्स्टिच्युटले मिंडेरु फाउन्डेसनसँग मिलेर गरेको एक अध्ययनमा विश्वको आधा भन्दा बढी सिंगल यूज प्लाष्टिकको फोहोर विश्वका २० कम्पनिले पैदा गर्ने खुलासा गरेको छ ।

त्यस्तै सो अध्ययनले विश्वका सय कम्पनिले विश्वको ९० प्रतिशत फोहोर पैदा गर्ने उल्लेख गरिएको छ ।

सिंगल यूज प्लाष्टिकको फोहोर पैदा गर्ने कम्पनीहरु प्रमुख रुपमा पेट्रोकेमिकल कम्पनिहरु रहेका छन् । जसमा एक्सान मोबाइल, डाउ केमिकल्स र चीनको पेट्रो कम्पनि सिनोपेक जस्ता कम्पनि सामेल रहेका छन् ।

यस अध्ययनमा विश्वभर सिंगल यूज प्लाष्टिकको प्रयोग गर्ने कम्पनि र कच्चा माल सप्लाई गर्ने एक हजार भन्दा बढी कम्पनिको अध्ययन गरिएको थ्यियो । यसमा प्याकेजिंग, फूड र्यापर्स, प्लाष्टिक बोतल र झोला बनाउन प्रयोग हुने गरेको देखिएको छ । जसलाई हामीले प्रयोग गर्नासाथ फ्याकीदिन्छौं । र यो समुन्द्रसम्म पानी पुग्ने गर्दछ ।

यस अध्ययनमा अर्को विश्वका चर्चित २० बैंकहरुले यस्ता प्लाष्टिक बनाउने कम्पनिलाई ६० प्रतिशतसम्म वित्तीय सहयोग गर्ने गरेको खुलासा भएको छ । प्लाष्टिक कम्पनीहरुलाई सहयोग गर्ने वित्तीय संस्थाहरुमा बार्कले, एचएसबिसी, बैंक अफ अमेरिका जस्ता रहेअका छन् ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै