• २०८३ मङ्सिर ९ बुधबार

युरोपियन सुपर लिग विवाद: युइएफएको कारवाही घोषणा र टिमको प्रतिवाद

युरोपियन सुपर लिग विवाद: युइएफएको कारवाही घोषणा र टिमको प्रतिवाद

काठमाडौँ । युरोपियन फुटबलमा 'सुपर लिग' को विवादले नयाँ मोड लिएको छ । युरोपियन फुटबलको छाता संगठन युनियन अफ युरोपियन फुटबल एसोसियसन (यूइएफए) ले 'सुपर लिग' मा लाग्ने क्लबहरुलाई कारवाहीको चेतावनी दिएपछि यो विवाद फेरी बढेको हो ।

शनिबार युइएफएले सुपर लिगको वकालत गर्ने तीन ठुला क्लब रियल म्याड्रिड, बार्सिलोना र युभेन्टसलाई कारवाही गर्ने बताएको छ ।

यस अघि युरोपका १२ क्लबले सुपर लिगमा सहभागिता जनाउने घोषणा गरेर युइएफएको वैकल्पिक प्रतियोगिता गर्ने प्रयास गरेपनि ९ वटा क्लबले व्यापक विरोधपछि 'सुपर लिग' बाट बाहिरिएका थिए । फुटबल संघ, फ्यान र युइएफको विरोधपछि म्यानचेस्टर युनाइटेड, चेल्सी, लिभरपुल, एसी मिलान, आर्सनल, एटलेटिको म्याड्रिड, इन्टर मिलान, म्यानचेस्टर सिटी, टोटनह्याम जस्ता ठुला क्लबले आफ्नो नाम सुपर लिगबाट फिर्ता लिएका थिए ।

युइएफएले कारवाहीको घोषणा गर्दै सुपर लिगबाट नाम फिर्ता लिएपनि यी क्लबले युइएफएबाट पाउने आम्दानीको ५ प्रतिशत जरिवाना गर्ने घोषणा गरेको छ ।

त्यस्तै युइएफएले अनाधिकारिक सुपर लिग खेलेमा क्लबलाई १२२ मिलियन डलर सम्म जरिवाना हुने घोषणा गरेको छ ।

अब सुपर लिगको पक्षमा रियल म्याड्रिड, बार्सिलोना र युभेन्टस मात्र रहेका छन् । युइएफएले यी क्लबले पनि सुपर लिग छोड्न अस्विकार गरेमा थप कारवाही गर्ने बताएको छ । युइएफले भनेको छ, ' यूइएफएले यी क्लबले सुपर लिग खेल्न अस्विकार नगरेमा कुनै पनि कारवाही गर्ने अधिकार राख्दछ । यो विषयलाई युइएफएको  अनुशासन हेर्ने निकायमा पठाइएको छ ।'

युइएफएले तीन क्लबलाई युइएफएप्रति प्रतिबद्ध रहेको पुन: पुष्टि गर्न समेत आग्रह गरेको छ । 

त्यस्तै युइएफएको कारवाहीको चेतावनी पछि तीन क्लबले आपत्ति जनाउदै कानुन अनुसार सुपर लिग आयोजना गर्न लागिएको भन्दै युइएफए असहयीय भएको टिप्पणी गरेका छन् ।

साथै तीन क्लबले सुपर लिग घोषणा पछि आफुहरुले फुटबलको हित हुने गरि निर्णय लिन अनुरोध गरेको स्मरण गराउदै फिफा र युइएफएलाई उचित समाधान निकाल्न अनुरोध गरेका छन् ।

यता फिफा र युइएफएले भने आफुहरुले आयोजना गर्ने प्रतियोगिताको वैकल्पिक प्रतियोगिता आयोजना हुन लागेको भन्दै सुपर लिगप्रति झन् कडा व्यबहार गर्दै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै