• २०८१ बैशाख २१ शुक्रबार

स्वास्थ्य सेवा व्यापारमुखी नभएर सेवा मुखी हुनुपर्छ : प्रमुख शाक्य

kharibot

काठमाडौँ । स्वास्थ्य सेवा व्यापारमुखी नभएर सेवा मुखी हुनुपने विद्या सुन्दर शाक्यले बताएका छन् । 

काठमाण्डौ महानगरपालिकाको वडा नं २० स्थित परोपकारी स्कुलमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै प्रमुख शाक्यले सो कुरा बताएका हुन् । यसैगरी प्रमुख शाक्यले महानगरले पनि हरेक वडामा स्वास्थ्य स्वंयम सेविका मार्फत महानगरवासीमा स्वास्थ्य सेवा गर्दे महानगरमा रहेका ८० वर्ष पुगेका जेष्ठ नागरिक र ७५ वर्ष पुगेका महिला जेष्ठ नागरिकलाई घरमै पुगि महिला स्वास्थ्य स्वंयम सेविका मार्फत सेवा दिएको बताए ।

यसैगरी कार्यक्रममा बोल्दे नेपालका लागि पाकिस्तानका महामहिम राजदूत डा. मजहर जाभोदले यस खालको स्वास्थ्य शिविरले दुइ देशको बीचको मित्रता अझ प्रगाढ हुने बताए । 
सो कार्यक्रममा बोल्दे नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष हिमालय शम्शेर राणाले पाकिस्तानबाट चिकित्सा क्षेत्रमा अधययन गरि फर्केका चिकित्सहरुको सहयोगमा संचालन गरिएको यस शिविर उपयोगी रहेको बताउँदै पाकिस्तानबाट हालसम नेपालका  ७ सय ६३ जनाानेले चिकित्सा विषयमा अध्ययन गरेको बताए ।

कर्यक्रममा पुर्व उपप्रधानमन्त्री तथा नेकपा मालेको महासचिव सीपि मैनाली र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले पनि नेपाल पािकस्तान बीचको मैत्री सम्बन्ध बारे प्रकाश पार्दे शिविरको सफलताको कामना गरेका थिए । 

सो शिविरमा नेपाल मधुमेह समाजको सहयोगमा  निःशुल्क मधुमेहको परिक्षण,खुटटाको नशाहरुको जाँच पनि गरिएको थियो । 

नेपाल पाकिस्तान मैत्री तथा सांस्कृति संघको आयोजनामा आयोजित पाकिस्तानबाट चिकित्सा किवषयमा अध्ययन गरि फर्केका चिकित्सकहरुको सहयोगमा संचालित  यो सातौं शिविरमा उल्लेख्य मात्रमा जनसाधाराणले विभिन्न रोगको निःशुल्क परिक्षण गरेएका  थिए । 


 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै