काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले जित हासिल गरेको छ ।
शनिबार राति सम्पन्न खेलमा चेल्सीले फुलह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा दुवै गोल काइ हाभेर्टजले गरेका हुन् । हाभेर्टजले खेलको १०औ मिनेट र ४९औ मिनेटमा गोल गर्दै चेल्सीलाई महत्वपूर्ण जित दिलाएका हुन् ।
यो जितपछि चेल्सी आफुलाई यस सिजनमा शिर्ष चार भित्र पार्न थप बलियो बनेको छ । चेल्सीको अब ३४ खेलमा ६१ अंक भएको छ भने लिगमा चौथो स्थानमा रहेको छ । चेल्सी एक खेल कम खेलेर पाँचौ स्थानमा रहेको टोटनह्याम भन्दा ६ अंकले अगाडी रहेको छ ।
त्यस्तै फुलह्यामको यस खेलपछि ३४ खेलमा २७ अंकसहित लिगको १८औ स्थानमा रहेको छ ।









