• २०८३ मङ्सिर १० बिहीबार

म्यानचेस्टर सिटीद्वारा पिएसजी पराजित

म्यानचेस्टर सिटीद्वारा पिएसजी पराजित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लिगमा म्यानचेस्टर सिटीले पिएसजीलाई पराजित गरेको छ ।

गएराती पिएसजीको घरेलु मैदानमा सम्पन्न खेलमा म्यानचेस्टर सिटीले पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा केभिन डी ब्रुने र रियाद महरेजले एक एक गोल गरेका थिए ।

त्यस्तै पिएसजीका मार्कवेन्होजले एक गोल गरेका थिए । पिएसजीले खेलको १६औँ मिनेटमा गोल गरेर पहिलो हाफमा १-० को अग्रता लिएपनि म्यानचेस्टर सिटीले दोस्रो हाममा कमब्याक गरेको थियो । सिटीका लागि ब्रुनेले खेलको ६४औ मिनेट र महरेजले खेलको ७१औ मिनेटमा गोल गर्दै जित दिलाएका थिए ।

त्यस्तै खेलको ७७औ मिनेटमा पिएसजीका इद्रीसा गुएयेले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो ।

योसँगै अब सेमिफाइनलको दोस्रो लिक मे ५ मा म्यान्चेस्टर सिटीको घरेलु मैदानमा हुने छ ।

त्यस्तै यस अघि सम्पन्न पहिलो सेमिफाइनलको पहिलो लिगमा भने रियल म्याड्रिड र चेल्सी १-१ गोलको बराबरी खेलेका छन् ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै