काठमाडौँ । म्यानचेस्टर सिटीले यस बर्षको इएफएल (करबाओ) कपको उपाधि जितेको छ ।
गएराती सम्पन्न फाइनल खेलमा टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले इएफएल कपको उपाधि जितेको हो ।
सिटीको जितमा खेलको ८२औ मिनेटमा अमेरिक लापोर्टले गरेको गोल खेलको निर्णायक गोल बनेको थियो ।
यस सिजनमा प्रिमियर लिग जित्ने लगभग पक्का भएको सिटीले आठौ पटक इएफएल कपको उपाधि जितेको छ । सिटीले लगातार चौथो बर्ष यो उपाधि जितेको हो ।









