• २०८१ बैशाख १९ बुधबार

राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदानको समय तोकियो, निर्वाचन अधिकृतको कार्यालय स्थापना

kharibot

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभाको उपनिर्वाचनका लागि मतदानको समय बिहान ९: ०० बजेदेखि अपरान्ह ३: ०० बजेसम्म निर्धारण गरेको छ ।

आयोगले राष्ट्रिय सभामा रामबहादुर थापाको रिक्त स्थानमा बागमती प्रदेशको अन्य समूह तर्फबाट २०७८ साल जेठ ६ गते बिहीबारका दिन निर्वाचन हुने विहिबार मिति तोकेको थियो ।

साथै आयोगले बागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा २ (दुई) जना (१ जना जगेडा समेत) जिल्ला न्यायाधीशको नामावली माग गरी नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी पठाउने समेत निर्णय गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै