• २०८३ मङ्सिर १० बिहीबार

पार्मामाथि युभेन्टसको जित, लिगमा तेस्रो स्थानमा उक्लियो

पार्मामाथि युभेन्टसको जित, लिगमा तेस्रो स्थानमा उक्लियो

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले पार्मालाई ३-१ गोल अन्तरले पराजित गरको हो ।

युभेन्टसको जितमा एलेक्स सानड्रोले २ गोल गरे भने माथिस डी लाइटले एक गोल गरेका थिए ।

त्यस्तै गास्टिन ब्रुगमनले पार्माका लागि एक गोल फर्काएका थिए ।

पछिल्लो खेलमा एटलान्टासँग पराजित भएको युभेन्टसले पुनरागमन गर्दै जित हासिल गरेर विजयी लयमा फर्किएको छ । अघिल्लो खेलमा बाहिर रहेका क्रिस्टियानो रोनाल्डो यस खेलमाबाट मैदानमा फर्किएका छन् । 

योजित पछि युभेन्टस ३२ खेलमा ६५ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानमा रहेको इन्टर मिलानको ७६ अंक छ भने दोस्रो स्थानमा रहेको एसी मिलानको ३२ खेलमा ६६ अंक रहेको छ ।

त्यस्तै पार्माको भने ३२ खेलमा २० अंक छ र लिगमा १९औ स्थानमा रहेको छ ।  
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै