काठमाडौँ । चर्चित कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।
श्रेष्ठले आफूसहित परिवारका पाँच जनालाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।
७१ बर्षिय कलाकार श्रेष्ठले आफूसहित छोरा, छोरी, बुहारी र नातिनीसहित पाँचै जना लाई कोरोना पोजेटिभ देखिएको बताएका छन् ।
उनले भनेका छन्, 'म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जना लाई कोरोना पोजेटिभ देखिएको छ । भई सकेपछि सास्ती चाही हुने रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नु होला । जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला ।'