• २०८१ असोज ४ शुक्रबार

न्यायाधीश बन्न सुवेदीको योग्यता नपुग्ने भन्दै सर्वोच्च बारको सुनुवाई समितिलाई ध्यानाकर्षण

kharibot

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालत बार एसोसिएसनले संसदीय सुनुवाई समितिका सभापतिलाई ध्यानाकर्षणसहितको पत्र बुझाएको छ ।

शुक्रबार सर्वोच्च बारले न्यायाधीशका लागि सुवेदीको योग्यता नपुगेको निष्कर्ष निकाल्दै सो जानकारीसहितको ज्ञापन पत्र संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णलाई बुझाएको हो ।

सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीहरुले शुक्रबार समिति सभापतिलाई भेटेर पत्र बुझाएको बारका सदस्य अनन्त राज लुइँटेलले खरीबोटलाई जानकारी दिए ।

लुइटेलले संबिधानमा भएको व्यवस्था विपरित सुबेदीलाई न्यायाधिशमा सिफारिश गरेकाले संसदीय समितीको ध्यानाकर्षण गराएको बताए ।

संसदीय सुनुवाई समितिका सभापति कर्णले सर्वोच्च बारको यो ध्यानाकर्षण छिटै समितिको बैठकमा राख्ने बताएको लुइँटेलले जानकारी दिए । सर्वोच्च बारले संसदीय समितीलाई ध्यानाकर्षण गराउनु अघि यस विषयमा बारका पूर्व अध्यक्ष र वरिष्ठ अधिवक्ताहरुसँग छलफल समेत गरेको उनले बताए ।    

न्याय परिषदले सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालतका मुख्य न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदीको नाम गएको फागुन २८ गते सिफारिस गरेको हो । सुवेदीको योग्यता नपुगेको भन्दै समितिमा उजुरी पनि परेको छ ।

संविधानको धारा १२९ को उपधारा ५ अनुसार सर्वोच्च न्यायाधीशका लागि न्यायाधिश पदमा ५ बर्ष काम गरेको हुनुपर्नेमा सुबेदीको ३ बर्ष २ महिना ३ दिन मात्र न्यायाधिशको रुपमा काम गरेको अनुभव रहेकाले सुवेदीको योग्यता नपुगेको र संविधानको मर्म तथा भावना विपरीत उनको नाम सिफारिस भएको भन्दै सर्वोच्च बारले यसप्रति गम्भीर हुन समितिलाई आग्रह गरेको छ ।

सुवेदीको सिफारिस विरुद्ध सर्वोच्च अदालतमा मुद्दा पनि गरेको छ । त्यसको फैसला आउँदो सोमबार हुँदैछ ।

सर्वोच्च बारको ध्यानाकर्षण पत्र :

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै