• २०८१ असोज ३ बिहीबार

कोरोना बिमाको भुक्तानी बारेको रिट न्यायाधीश मुसलमानको इजलासमा

kharibot

काठमाडौँ । कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरुले सर्वोच्च अदालतमा हालेको रिटमा आज पेशी तोकिएको छ । यो मुद्धाको पेशी सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा तोकिएको छ ।  

निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले सरकारसँग रकम माग्दै आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

सरकारले रकम नदिदा कोरोना बिमाको दाबी भुक्तानी हुन नसकको भन्दै कम्पनीहरू सर्वोच्च गएका हुन् ।

सरकारले कोरोना बिमा रकम भुक्तानी नगरेको भन्दै बिमक संघले रकम भुक्तानी पाउन अन्तरिम आदेश माग गरेको छ ।

कोरोना महामारीका बेला बिमितले गरेको कोरोना बिमा वापतको अहिलेसम्म करिब ११ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै