• २०८१ बैशाख १६ आइतबार

अफ्रिकन रुट्स एसोसिएसन आहा रारा गोल्डकपको फाइनलमा

kharibot

पोखरा । अफ्रिकन रुट्स एसोसिएसन जारी आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ ।

विहिबार पोखरा रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा अफ्रिकन रूटले नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अफ्रिकन रुट्स एसोसिएसनका लागि खेलको तेस्रो मिनेटमा नै बाससेकले गरेको गोल खेलकै निर्णायक गोल बनेको थियो ।

अब प्रतियोगिताको फाइनल खेल संकटा क्लब र अफ्रिकन रुट्स एसोसिएसनबीच हुने छ । फाइनल खेल आगामी शनिबार हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै