• २०८१ बैशाख १७ सोमबार

भुटानी युथ स्पोर्टस् चर्च ब्वाइजलाई हराउदै रारा गोल्डकपको फाइनलमा

kharibot

पोखरा । भुटानी युथ स्पोर्टस् क्लब, अमेरिका (बीवाईएसी) पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १-० गोल अन्तरले हराउदै बीवाईएसी फाइनल पुगेको हो ।

बीवाईएसीको जितमा रोजिन प्रजापतिले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक गोल बनेको थियो ।

यो जितपछि बीवाईएसी रारा गोल्डकपको फाइनलमा संकटा क्लबसँग खेल्ने भएको छ ।

संकटाले पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल एपीएफलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।

भुटानी युथ स्पोर्टस् बीवाईएसीको प्रतियोगितामा यो दोस्रो सहभागिता हो । बीवाईएसी अघिल्लो संस्करणको क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै