• २०८३ मङ्सिर ११ शुक्रबार

रोनाल्डो र डिबालाको गोलमा युभेन्टस विजयी

रोनाल्डो र डिबालाको गोलमा युभेन्टस विजयी

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले नापोलीलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा युभेन्टसले क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको गोलमा नापोलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसका लागि रोनाल्डोले खेलको १३औ मिनेटमा नै गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने डिबालाले खेलको ७३औ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

त्यस्तै नापोलीका लागि भने लोरेन्जो इनसाइनले खेलको ९०औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै एक गोल फर्काएका थिए ।

यो जितपछि युभेन्टस सिरी ए को तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टसको २९ खेलमा ५९ अंक भएको छ । त्यस्तै लिगमा शिर्ष स्थानमा रहेको इन्टर मिलानभन्दा  युभेन्टस १२ अंकले पछाडी रहेको छ भने दोस्रो स्थानमा रहेको एसी मिलान भन्दा एक अंकले पछाडी रहेको छ ।

त्यसैगरी नापोलीको यस खेलपछि २९ खेलमा ५६ अंक रहेको छ र लिगमा पाँचौ स्थानमा रहेको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै