• २०८३ मङ्सिर ११ शुक्रबार

बाबर आजमको शतकसँगै दक्षिण अफ्रीकामाथि पाकिस्तानको विजयी शुरुवात

बाबर आजमको शतकसँगै दक्षिण अफ्रीकामाथि पाकिस्तानको विजयी शुरुवात

काठमाडौँ । दक्षिण अफ्रीका टुरमा रहेको पाकिस्तानी क्रिकेट टिमले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न एकदिवसीय सिरिजको पहिलो खेलमा दक्षिण अफ्रीकालाई ३ विकेटले पराजित गरेको छ ।

दक्षिण अफ्रीकाले दिएको २७४ रनको लक्ष्य पछाएको पकिस्तानले ५० ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

पाकिस्तानको जितमा कप्तान बाबर आजमले शतकीय पारी खेलेका थिए । आजमले आफ्नो १३औँ अन्तराष्ट्रिय एकदिवसीय शतक बनाएर १०३ रनमा आउट भएका थिए ।

त्यस्तै पाकिस्तानका लागि इमाम उल हकले ७० रन बनाए भने मोहमद रिजवानले ४० र षडाब खानले ३३ रनको योगदान गरेका थिए ।

दक्षिण अफ्रीकाका बलर एनरिच नोर्त्जेले सर्बाधिक ४ विकेट लिए भने एन्डीले फेहलुकवायले २ तथा कागीसो रबाडाले एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाउदै २७३ रन बनाएको थियो । 

दक्षिण अफ्रीकाका लागि भान डेर डुसेनले १२३ रनको शतकीय पारि खेलेका थिए भने डेभिड मिलरले ५० रन बनाएका थिए । त्यस्तै एन्डीले फेहलुकवायले २९, क्वेंटन डिककले २० तथा एडेन मार्क्रमले १९ रन बनाएका थिए ।

पाकिस्तानका बलर शाहीन शाह अफ्रिदी र हरिस रौफले २-२ विकेट लिए भने मोहमद हस्नैन र फाहीम अशरफले एक एक विकेट लिए ।

यो जितपछि पाकिस्तान ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल अप्रिल ४ मा हुने छ ।
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै