काठमाडौँ । युरोपको विश्वकप छनौट अन्तर्गत इङल्याण्डले लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा इङल्याण्डले अल्बानियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
इङल्याण्डको जितमा ह्यारी केन र मासन माउन्टले एक एक गोल गरेका थिए ।
विश्वकप छनौट खेलमा इङल्याण्डको यो लगातार दोस्रो जित हो । यसअघि इङल्याण्डले सान मारिनोलाई ५-० गोल अन्तरले पराजित गरेको थियो ।
यो जितपछि इङल्याण्डको समुह आइमा २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै अल्बानियाको भने २ खेलमा ३ अंक रहेको छ ।
अब इङल्याण्डले विश्वकप छनौट अन्तर्गत अर्को खेल अप्रिल १ मा पोल्याण्डविरुद्ध खेल्दै छ ।









