Skip This
  • २०८३ मङ्सिर ११ शुक्रबार

म्यान्मारमा रक्तपातपूर्ण दिनपछि सेनाका जनरलहरुको रातभर पार्टी !

म्यान्मारमा रक्तपातपूर्ण दिनपछि सेनाका जनरलहरुको रातभर पार्टी !

काठमाडौँ । म्यान्मारमा शनिबारको दिन रक्तपातपूर्ण भएपछि देशको सत्ता हातमा लिएका सेनाका जनरलहरुले रातभर पार्टी गरेको रिपोर्ट सार्बजनिक भएको छ ।

शनिबार मात्र सैनिक कू को विरोधमा उत्रिएका ९० प्रदर्शनकारीको मृत्यु भएको रिपोर्ट सार्बजनिक भएको थियो । हरेक दिन हुने प्रदर्शन रक्तपातपूर्ण भइरहेका बेला सैनिक नेतृत्व भने झन पछि झन् क्रुर हुदै गएको देखिएको छ ।

शनिबार ९० भन्दा बढीको मृत्यु भएपछि म्यान्मारका सैनिक जनरल मीन आंग लाइंगसहितका उच्च जनरलहरुले 'आर्म्ड फोर्सेज डे' को सेलेब्रेसन गरेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार सेनाको गोली लागेर मृत्यु भएकाको अन्त्यष्टिमा समेत सेनाले हस्तक्षेप गरेको छ ।

फेब्रुअरी १ मा भएको सैनिक कू पछि त्यसको विरोधमा अहिलेसम्म भएका प्रदर्शनका क्रममा ४ सय भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ ।

संयुक्त राष्ट्रसंघ र अमेरिकाको कडा विरोध 

म्यान्मारमा शनिबार भएका प्रदर्शनहरूमा सैनिक सरकारद्वारा निर्मम रूपमा बल प्रयोग गरेको र दर्जनौँ व्यक्तिको मृत्यु भएको घटनाप्रति राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेस, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, ब्रिटिश विदेशमन्त्री डोमिनिक राबलेलगायतका अन्य मुलुकको नेतृत्वले दुःख व्यक्त गरेका छन् । 

घटनापछि अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले म्यान्मारमा भएको शनिवारको मृत्युले वाशिङ्टन ‘मर्माहत’ भएको बताएका छन् । 

उनले भने,“शनिवारको घटनाले सैन्य शासकहरू केही मानिसको फाइदाका लागि सर्वसाधारणको जीवनमाथि कसरी धावा बोल्छन् भन्ने प्रष्ट भएको छ । साहसी मानिसहरूले सैनिकहरूले आतङ्कित पारेर शासन गर्ने सोचको अस्वीकार गर्दै भएको प्रदर्शनमा नागरिकहरू मारिनु दुखद् हो ।” 

म्यान्मारस्थित अमेरिकी दूतावासले यसअघि नैसुरक्षा फौजले ‘निःशस्त्र सर्वसाधारणको हत्या गरिरहेको’ बताएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै