• २०८१ असार १५ शनिबार

कैलालीको टिकापुरमा भेटिएको बम निष्क्रिय

kharibot

भजनी । कैलालीको टीकापुर नगरपालिका–१ स्थित नेपाल खाद्य संस्थानको गोदाम अगाडि फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ ।

नाला निर्माणका लागि स्काभेटरले खन्ने क्रममा शुक्रबार सकेट बम फेला परेको हो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमकाअनुसार उक्त बम दिउँसो ४ बजे नाला खन्ने क्रममा फेला परेको हो ।

आल्मुनियमको भाँडामा वरिपरि कालो टेप र तार बेरिएको उक्त बम कालिरक्षा दलगण मसुरियाबाट आएको नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रहरी निरीक्षक बमले जानकारी दिए ।

बिहान १० बजे बम निष्क्रिय भएपछि उक्त सडकमा आवागमन नियमित भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै