• २०८१ बैशाख १७ सोमबार

अर्घाखाँची सिमेन्टद्धारा निर्माण बिज्ञ भेटघाट तथा अन्तक्र्रियाको आयोजना

kharibot

काठमाडौ ।अर्घाखाँची सिमेन्टले निर्माण बिज्ञ तथा ब्यवसायी भेटघाट तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । 
कम्पनीले आफ्ना ग्राहक तथा उपभोक्ता, डिलर तथा निर्माण बिज्ञहरुलाई उपल्लो प्राथमिकतामा राखेको बताउँदै स्थानीयस्तरमा घर तथा आवासहरुको निर्माणमा योगदान गरिरहेका निर्माण ब्यवसायीहरुसँगको सम्बन्धलाई थप मजबुत बनाउने उदेश्य राखी उक्त कार्यक्रमको आयोजना गरेका हुन्।  

थुप्रै निर्माण बिज्ञ तथा ब्यवसायीहरुको उपस्थीती रहेको उक्त कार्यक्रममा अर्घाखाँची सिमेन्ट र स्टिल सम्बन्धी प्रस्तुतीकरणको साथै सुरक्षित आवास निर्माण सम्बन्धमा तालिम तथा अन्तक्र्रियाको संचालन गरिएको हो । 

कार्यक्रममा अर्घाखाँची सिमेन्ट तथा स्टिलका प्रमुख कार्यकारी अधिकृत उमेश बरालले कोभिडपछिको अर्थतन्त्रलाई बमजुत बनाउनको लागि निर्माण क्षेत्रको उल्लेखनिय भूमिका हुने बताउँदै निर्माण ब्यवसायीहरुलाई सो अभियानमा सघाउन आग्रह गरेका थिए । मानिसले घर बनाउँदा आफू र आफ्नो परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरिय निर्माण सामाग्रीको चयनमा निर्माण ब्यवसायीहरुले ध्यान दिन आवश्यक रहेको उनले बताए । 

त्यस्तै जय शम्भु निर्माण सेवा (हार्डवेयर) का संचालक रामचन्द्र श्रेष्ठले आफूले वषौंदेखि अर्घाखाँची सिमेन्टको बिक्री बितरण गर्दै आइरहेको र हालसम्म उपभोक्ताबाट सो उत्पादनबारे कुनै पनि गुनासो नआएको जानकारी दिए । उनले  बिक्री गर्ने सिमेन्टहरु मध्ये अर्घाखाँची सिमेन्ट नै सबैभन्दा स्तरिय सिमेन्ट रहेको बताए साथै उनले निर्माण ब्यवसायीहरुलाई घर बनाउदा सोही सिमेन्टको प्रयोग गर्न पनि अनुरोध गरेका थिए । 

कम्पनीले कार्यक्रममा लक्की ड्र मार्फत तीनजना भाग्यशाली निर्माण ब्यवसायीहरुलाई आकर्षक उपहारहरुको बितरण गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै