काठमाडौँ । नेपालीहरुको महान पर्ब दिपावली तथा छठको अवसर पारेर नेपालको सबैभन्दा ठूलोमध्येको एक अर्घाखाँची सिमेन्टले आफ्ना उपभोक्ताहरुलाई लक्षित गरी “तिहारको बहार, चाँदीको सिक्का उपहार” योजना सार्वजनिक गरेको छ ।
कार्तिक ३ गते आइतबारदेखि सार्वजनिक भएको यस योजनाअन्तर्गत प्रत्येक २० बोरा अर्घाखाँची ओपिसी सिमेन्टको खरिदमा कम्पनीले उसका उपभोक्तालाई १० ग्राम बराबरको चाँदीको सिक्का उपहारस्वरुप प्रदान गर्नेछ ।
यहि कात्र्तिक ९ गतेसम्म कायम रहने यस योजना कम्पनीले उसका समर्पित उपभोत्ताहरुका लागि लागू गरेको बताएको छ ।