• २०८१ जेठ ४ शुक्रबार

जसपाको नेतृत्वमा सरकार बनाउनु हुदैन- लक्ष्मणलाल कर्ण

kharibot

काठमाडौं । अहिलेको सत्ता समिकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार गठन र अहिलेको सरकारलाई समर्थन गर्ने विषयमा निर्णयमा पुग्न नसकिरहेको बेला नेता लक्ष्मणलाल कर्णले जसपाले अहिले सरकारको नेतृत्व गर्न नहुने बताएका छन् ।

बुधबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै नेता कर्णले अहिले जसपाले सरकार बनाउनुपर्ने अवस्था भएकाले त्यो सरकार पार्टीको हितमा नहुने टिप्पणी गरेका हुन् ।

उनले आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको बताउदै संविधान संशोधन, नागरिकता लगायतका मुद्दालाई संवैधानिक र कानुनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री ओली सकारात्मक देखिएको पनि बताए ।

उनले अहिले जसपा नेतृत्वमा सरकार गठन भए त्यो अरुको हत्केलामा हुने र मनलाग्दा जतिबेला पनि पल्टाइदिन सक्ने बताए ।

उनले भने, ‘जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुँदैन । यो मेरो व्यक्तिगत धारणा हो । यो सरकार अरुको हत्केलामा हुन्छ । अरुको हत्केलामा भएको सरकार जुनसुकै बेला पल्टाइदिन्छन् ।त्यसैले सरकारलाई समर्थन गर्नु अलग हो । तर सरकाकै नेतृत्व गर्नु अहिले हुँदैन ।’

जसपामा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका संयोजक डा. बाबुराम भट्टराई मओवादी केन्द्र र काँग्रेससँग मिलेर गठबन्धन बनाउने पक्षमा देखिएका छन् भने अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो भने प्रधानमन्त्री ओलीलाई समर्थन गर्नुपर्ने पक्षमा रहेका छन् ।

जसपाले पटक पटक पार्टी भित्र छलफल गरेपनि कुन पक्षमा समर्थन गर्ने भन्ने बारे पार्टी भित्रबाट निर्णय गर्न सकेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै