• २०८१ असार १२ बुधबार

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कदै

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किदै छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार भारतको नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

आइतबार साँझ मोदीले आफ्नो तेस्रो कार्यकालको शपथ लिएका थिए । राष्ट्रपति कार्यालयमा आयोजित भव्य कार्यक्रममा मोदीसहित उनको क्याबिनेटका मन्त्रीहरुले शपथ लिएका थिए ।

प्रधानमन्त्रीसँग उनकी छोरी गंगा दाहाल, कानुनमन्त्री पदम गिरी र अन्य सरकारी उच्च अधिकारी भारत पुगेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै